माघे सङ्क्रान्तिका लागि सुदूरपश्चिम प्रदेशमा बिदा

डोटी, २७ पुस

 सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा माघ १ गते पूरै प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिनुभयो । 

शाहले माघ ४ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको बताउनुभयो । बैठकले प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्वीकृत गरिएको छ भने प्रादेशिक वातावरण संरक्षण व्यवस्थापनसम्बन्धी विधेयक र प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदाका लागि सैद्धान्तिक स्वीकृति पनि प्रदान गरिएको सरकार प्रवक्ता शाहले बताउनुभयो । (रासस)

प्रतिकृया दिनुहोस

मृत अवस्थामा भेटिएका चितुवा

डोटीको शिखर नगरपालिका वडा नं १० वनलेकस्थित चामे कुण्ड नजिक मृत अवस्थामा स्थानीयले फेला पारेको पाटे चितुवा । मृत अवस्थामा चितुवा भेटेपछि स्थानीयले

आहा ! कर्णालीको सेरोफेरो

कर्णाली नदी किनारस्थित अछामको रमणीय तुल्तागाउँ । कर्णाली राजमार्गको दैलेख खण्डबाट देखिने यो रमणीय दृश्य हेरेर यात्रुहरु आनन्द लिने गर्दछन् ।

दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

भद्रपुर, ५ माघ  अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन्