अस्ट्रेलियन ओपन मेरो लागि अन्तिम हुनसक्छः एण्डी मरे

२०७५ पौष २७ शुक्रबार 

अस्ट्रेलियन ओपन मेरो लागि अन्तिम हुनसक्छः एण्डी मरे

बिबिसी । विम्बल्डनपछि सन्यास लिने योजनामा रहेका बेलायतका एण्डी मरेले यसवर्षको पहिलो ग्राण्ड स्लाम अस्ट्रेलियन ओपन आफ्ना लागि अन्तिम हुनसक्ने बताएका छन् । नितम्बको शल्यक्रियापछि कोर्ट फर्किन लागेका मरेलाई यो नै अन्तिम हुनसक्ने डर लागेको छ । ३ पटकको ग्रान्डस्लाम विजेता मरेले शुक्रबार सिड्नीमा पत्रकारसँग कुरा गर्दै आखाँभरी आँशु निकालेका बताइएको छ । 


“म खेल्न सक्छु वा सक्दिैन थाहा छैन । चोटपछि फर्किदै छु । विम्बल्डनसम्म खेल्न चाहन्छु तर अहिले भन्न सक्दिन म गर्न सक्छु या सक्दिन,” मरेले भने । शल्यक्रिया गराएका कारण धेरै समय कोर्टबाहिर बिताएका विश्व वरियता क्रमको २ सय ३०औं स्थानमा रहेका ३१ वर्षिय मरेले अर्को साता अष्ट्रेलियन ओपनको पहिलो खेलमा स्पेनका २२औं वरियताप्राप्त रोबर्टो बाउटिस्टा अग्टसँग प्रतिस्पर्धा गर्नेछन् । पूर्व विश्व नम्बर एक खेलाडी मरे गत जनवरीमा चोटग्रस्त भएका थिए । त्यसअघि जुनसम्म उनले १४ प्रतियोगिता खेलेका थिए । लामो समयदेखि आफू सङ्घर्षमा रहेका उनले आफूलाई नराम्रो महसुस भइरहेको बताएका छन् । 
 

प्रतिकृया दिनुहोस

उपाधि जित्न नेपाललाई १२२ रनको लक्ष्य

काठमाडाँै, ५ माघ थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न घरेलु टोली थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस

रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु हुँदै

बेझाड, २ माघ पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, २ माघ  थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल