कुर्कुच्चा फुट्ने समस्याबाट यसरी छुट्कारा पाउँनुहोस्

 

 धेरै मानिसहरु कुर्कुच्चा फुट्ने समस्याबाट ग्रसित छन् । कुर्कुच्चा फुटेको ठाउँमा लगाउने धेरै प्रकारको औषधी भए पनि कतिलाई त त्यो औषधीले काम नै गरेको हुँदैन । अझ यो जाडो महिनामा त झन् धेरै कुर्कुच्चा फुट्ने समस्या हुन्छ । कुर्कुच्चा फुट्दा हाम्रो सौन्दर्यमा पनि ह्रास आउँछ । यस्ता केही घरेलु उपायहरु छन् जस्ले कुर्कुच्चा फुट्ने समस्याबाट छुट्ुकारा दिन मदत गर्दछ ।

– बेकिङ्ग सोडा
फुटेको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा राम्रो उपाय भनेको ‘मनतातो पानीले भिजाउनु’ नै हो। यसले कडा छालाई नरम बनाई निको हुन मद्दत गर्दछ। साथै १ गिलास मनतातो पानीमा ३ चम्चा बेकिङ्ग सोडा मिसाएर पनि कुर्कुच्चालाई त्यसमा डुबाउन सक्नुहुन्छ।

– चिनी
आधा गिलास चिनी एउटा भाँडामा राख्नुहोस्। त्यसमा चिनीको आधा भागजति मनतातो पानी अथवा ग्लिसिरिन अथवा नरीवलको तेल राखेर घोल्नुहोस् र बाक्लो लेदो बनाउनुहोस्। यस मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुन्छ। यस मिश्रणलाई क्यालस लागेको कुर्कुच्चा अथवा फुटेको छालामा दैनिक लगाउँदा छालालाई नरम बनाउनको साथै सफा पनि बनाउँदछ।

– भुइँकटहर
भुइँकटहर तास्ने बित्तिकै त्यसको बोक्राले फुटेको छाला अथवा कुर्कुच्चालाई पूर्ण रूपमा ढाक्नुहोस् र नरम कपडाले बाँधिदिनुहोस्। केहि घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् र १ हप्तासम्म दैनिक यसो गर्नाले भुइँकटहरको बोक्रामा हुने इन्जाइम र एसिडले फुटेको ठाउँलाई निको बनाउँदछ।

प्रतिकृया दिनुहोस

मुटुरोगको मुख्य कारक खानपान र जीवनशैली  विशेषज्ञ डा भट्टराई

पर्वत, ५ माघ  नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ ।

पार्टीमा जानु छ! तर मेकअपका लागि पर्याप्त समय छैन भने के गर्ने?

काठमाडौँ – चाहे चार्डपवको समयमा होस् अथवा कुनै पार्टीको समयमा होस् महिलाहरु छोटो समयमा छिटोछिटो तयार हुन खोज्छन् । जसका कारण उनीहरु राम्री

भारतमा स्वाइन फ्ल्युका कारण ४० को मृत्यु, एक हजारबढी मानिस बिरामी

माघ ५, २०७५ काठमाडाैं- भारतमा स्वाईन फ्लुुका कारण ४० जनाको मृत्यु भएको छ । भारतको पश्चिमी क्षेत्रमा नयाँ बर्ष सन् २०१९ को सुरुवातीका बेला फैलिएको