अण्डाको प्रयोगबाट यसरी आफ्नो कपाल सुन्दर बनाउनुहोस्

 अण्डा खान मन नपराउने सायदै कमै व्यक्ति होला । अण्डाले हाम्रो शरिरमा प्रोटिन प्रदान गरी रहेको हुन्छ । जसरी अण्डाले हाम्रो शरिरमा प्रोटिन दिई रहेको हुन्छ त्यसै गरी यसले हाम्रो सौन्दर्यतामा पनि साथ दिई रहेको हुन्छ । लामो, बाक्लो सलक्क परेको कपाल कसलाई मन पर्दैन र ? जो कोही पनि यस्तो कपाल प्रति आकर्षित हुन्छ ।

अण्डाको प्रयोगबाट हामीले यस्तो लामो,बाक्लो सलक्क परेको कपाल बनाउन सक्छौँ । तर यसको धेरै प्रयोग भने गर्नु हुन्न याद रहोस् अण्डामा धेरै प्रटिन हुनेहुँदा यसको धेरै प्रयोग गर्नु राम्रो मानिन्दैन । महिनामा एक पटक कपालमा प्रयोग गर्नु अति उत्तम हुन्छ । अण्डा कसरी कपालमा प्रयोग गर्ने तल दिएको छ ।

– अण्डाको सेतो र पहेंलो भागलाई एउटा कचौरामा राख्नुस् ।
– यसमा एक चम्चाओलिभ (जैतुन) को तेल मिसाई राम्रोसंग चलाउनुहोस् ।
– आफ्नो कपाल स्याम्पुको प्रयोग गरेर राम्रोसंग सफा गर्नुहोस् ।
– कपडाको प्रयोग गरी कपालमा भएको पानी हटाउनुहोस् ।
– त्यसपछि तयार गरिएको अण्डाको मिश्रण कपालमा लगाउनुहोस् र मसाज गर्नुहोस् ।
– सावर क्याप अथवा टावेलको प्रयोग गरी १० देखि २० मिनेट कपाल छोप्नुहोस् ।
– त्यसपछि कपाल सफापानीले धुनुहोस् । यसरी अण्डालाई प्रयोग गर्नाले तपाईंको कपाल बढ्न र बलियो, चमकदार, बाक्लो एवं स्वस्थ राख्न मद्दत गर्छ ।

प्रतिकृया दिनुहोस

मुटुरोगको मुख्य कारक खानपान र जीवनशैली  विशेषज्ञ डा भट्टराई

पर्वत, ५ माघ  नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ ।

पार्टीमा जानु छ! तर मेकअपका लागि पर्याप्त समय छैन भने के गर्ने?

काठमाडौँ – चाहे चार्डपवको समयमा होस् अथवा कुनै पार्टीको समयमा होस् महिलाहरु छोटो समयमा छिटोछिटो तयार हुन खोज्छन् । जसका कारण उनीहरु राम्री

भारतमा स्वाइन फ्ल्युका कारण ४० को मृत्यु, एक हजारबढी मानिस बिरामी

माघ ५, २०७५ काठमाडाैं- भारतमा स्वाईन फ्लुुका कारण ४० जनाको मृत्यु भएको छ । भारतको पश्चिमी क्षेत्रमा नयाँ बर्ष सन् २०१९ को सुरुवातीका बेला फैलिएको