एशियाली पर्यटन महोत्सव हुँदै

भद्रपुर, २७ पुस । प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ ।माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटानलगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै आयोजना हुने महोत्सवलाई मेचीनगर नगरपालिका, प्रदेश नं १ सरकार, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, इसिमोड, बाहुनडाँगी जेसिज, ग्रीन जेनेरेशन, ट्राभल्स सङ्घ झापालगायतका संस्थाले सघाउने भएका छन् ।

महोत्सवमा ग्रामीण पर्यटनको विकासका लागि टुरिष्ट गाइडसम्बन्धी तालीम, गन्धर्व गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, लोकल परिकारहरुको स्टल विशेष आकर्षणको रूपमा रहने कार्कीको भनाइ छ । ग्रामीण पर्यटनको माहोल तयार पार्दै पर्यटनमार्फत समृद्धिको लक्ष्य पूरा गर्न महोत्सव कोशेढुङ्गा सावित हुने ट्राभल्स सङ्घ झापाका अध्यक्ष नीरबहादुर नेत्र कार्कीले बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस

आयुष्मान् र प्रियंकाले अब विहेपछि मात्र नयाँ फिल्म साइन गर्ने

    २ माघ २०७५, काठमाडौँ : आयुष्मान र प्रियंका अहिलेका हटकेक कपल हुन् । उनीहरु एकपछि अर्को चलचित्र र म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यो

पिरतीको गाँउमा मग्न अमृत, करुणा र उत्सव (भिडियो)

माघ १ – यही माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘१०० कडा १०’ को दोस्रो गीत सार्वजनिक भएको छ । प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्रको

गायक भरत सिटौला ‘सलल’ लिएर(भिडियो)

सोमबार, ३० पुष, २०७५ काठमाडौं । गायक भरत सिटौलाको सलल’ बोलको गीत सार्वजनिक भएको छ ।युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र