बेजोसको सम्वन्ध विच्छेद चर्चामा

२०७५ पुष २७ गते

काठमाडौँ,२७ पुस । विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेदको खवर अहिले सामाजिक सञ्जालहरुमा चर्चाको विषय बनेको छ ।जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५ बर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेको घोषणा संगै यो निणर्य चर्चाको बिषय बनेको थियो ।बुधबार दुवै जनाले अमेजनका सिइओको ट्वीटर एकाउन्टबाट संयुक्त वक्तव्य सार्वजनिक गर्दै बैवाहिक जीवन राजीखुशीले अत्य गरेको उल्लेख गरेका थिए ।

उनीहरुले आफुहरु श्रीमान् श्रीमतीका रूपमा नरहेपनि नजिकको साथीका रुपमा भने रहिरहने जानकारी पनि दिएका छन् । “लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अव छुट्एिका छौँ, हामीले सम्वन्ध विच्छेद गरेपनि साथीको रूपमा हामी रहिरहने छौँ,” वक्तव्यमा भनिएको थियो ।करिब पच्चिस बर्ष पहिले स्थापना भएको अमेजन कम्पनीलाई विश्वकै सवैभन्दा मूल्यवान कम्पनी बनाउन सफल यो जोडीका चार सन्तान रहेका छन् । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

त्यो रुढिवादी अरब देश जसले ‘फिमेल भियग्रा’ को अनुमती दियो

  बीबीसी माघ ५, २०७५  इजिप्ट पहिलो अरब देश बनेको छ जसले महिलामा कामोत्तेजना बढाउने औषधीको उत्पादन र बिक्रिका लागि अनुमती दिएको छ ।  बीबीसी

अचम्मको विवाहः सेक्ससम्म साथ, त्यसपछि बाटो अलग

  चीनको युनान, सिचुआन प्रान्त र योंगनिंग शहरमा बस्छन् मोजो समुदाय । मोजो समुदाय मातृसत्तात्मक समुदाय हो । करिब ५६ हजार जनसंख्या भएको मोजो चीनको एक

किमले ट्रम्पलाई पठाएको त्यो चिठ्ठी, जसले दोस्रो वार्ताको आधार तयार गर्‍यो

माघ ५, २०७५ काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच फेरि भेट हुने भएको छ । उनीहरुबीचको दोस्रो भेट चाँडै