विश्वको अनौठो यो गाउँमा बस्छन् करोडपति, प्रत्येक परिवासँग अत्यधिक सम्पत्ति

 

काठमाडौं । गाउँमा आर्थिक अवस्था कमजोर भएका मानिसहरु बस्छन् भन्ने धेरैको बुझाइ हुन्छ । तर संसारमा यस्तो पनि स्थान छ, जुन गाउँका मानिसहरु करोडपति छन् । यो चीनको जियांसु प्रान्तमा रहेको वाक्सी भन्ने स्थान हो । यसलाई सुपर भिलेजको नामले पनि चिनिन्छ ।गाउँको नामको अनुसार यहाँका मानिस उच्च स्वाभिमानका साथमा जीवनयापन गर्ने गर्छन् । यो गाउँका सबै मानिसहरुको खातामा करिब २ करोड ४० लाखभन्दा बढी धनराशि जम्मा छ ।

केवल यति मात्र होइन, यहाँका प्रत्येक नागरिकको आफ्नै विलासी घर र गाडीहरु छन् । यो गाउँलाई करोडौं डलरका कम्पनीहरुको गढ मानिन्छ । जसमा स्टिल र। आपूर्तिकर्ता कम्पनीहरु सामेल छन् ।

यो गाउँको धेरैजसो घरहरु एकै प्रकारका छन् । बाहिरबाट हेर्दा यी घरहरु कुनै होटलजस्ता देखिन्छ । वाक्शीलाई विश्वको सबैभन्दा धनी गाउँ भनिन्छ । गाउँमा हेलिकोप्टर, ट्याक्सीजस्ता सुविधा रहेका छन् । यहाँका सडकहरुमा झलमल पारेर राखिन्छ ।