ऐश्वर्यामाथि गरिएको त्यो सबैभन्दा ‘फोहोरी’ कमेन्ट, जसले उनलाई अझै पनि बिझाउँछ

ऐश्वर्यामाथि गरिएको त्यो सबैभन्दा ‘फोहोरी’ कमेन्ट, जसले उनलाई अझै पनि बिझाउँछ

 

एजेन्सी । विश्वसुन्दरीको उपाधि जितिसकेकी बच्चन परिवारकी बुहारी जति सुन्दर छिन् त्यति नै स्पष्टवक्ता पनि । ऐश्वर्याले आफ्नो जीवनमा यस्तो कमेन्ट पनि पाएकी छिन् जसलाई उनले कहिले पनि नबिर्सने बताएकी छिन् । जुन कमेन्टले उनलाई अहिलेसम्म बिझाउँछ, त्यो हो नक्कली वा प्लास्टिक ।

एक भारतीय संचारमाध्यमसँगको अन्तर्वार्तामा जब उनलाई जीवनको सबैभन्दा फोहोरी वा भद्दा कमेन्ट कुन हो भन्ने प्रश्न सोधियो तब उनले जवाफ दिइन्, ‘नक्कली वा प्लास्टिक’ । ऐश्वर्याले त्यसबाहेक केही पनि भनिनन् न नै यसो भन्ने व्यक्तिको नाम नै लिइन् । तर जब ऐश्वर्याको बयान सार्वजनिक भयो तब मानिसहरुले ती व्यक्तिबारे अनुमान गर्न बेर नै लगाएनन् । करिब दुई वर्षअघि ऐश्वर्या रायलाई कफी विद करण कार्यक्रममा इमरान हासमीले ‘प्लास्टिक’ भनेका थिए ।उक्त कार्यक्रमको र्यापिड फायरको क्रममा जब इमरान हाशमीलाई ऐश्वर्या रायबारे प्रश्न सोधियो तब उनले उनलाई प्लास्टिक (नक्कली) बताएका थिए ।

इमरानको उक्त कमेन्टपछि ऐश्वर्याले कहिले पनि उनीसँग काम नगर्ने कसम नै खाएको बताइन्छ । स्रोतका अनुसार जब ‘बादशाहो’ ऐश्वर्यालाई अफर भयो तब उक्त फिल्ममा इमरान भएका कारण फिल्म अस्विकार गरेकी थिइन् ।हुन त यसबारे इमरान हाशमीले स्पष्टिकरण पनि दिइसकेका छन् । उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘र्यापिड फायरमा जुन प्रश्न सोधिएको थियो हाँसो ठट्टामा प्लाष्टिक भनेँ, त्यो पनि उपहार जित्ने लोभमा ।’

इमरानका अनुसार उनी ऐश्वर्याका निकै ठूला प्रशंसक हुन् र यदि ऐश्वर्यालाई भेटेमा उनीसँग निश्चित रुपमा माफी माग्नेछन् । उनले बादशाहोमा ऐश्वर्यालाई अफर गरिएको र आफ्ना कारण उनले फिल्म अस्विकार गरेका बारे भने केही पनि जानकारी नभएको बताए ।इमरान हाशमीको चीट इन्डिया जनवरी १८ मा रिलिज हुँदैछ । यो शिक्षा व्यवस्थाको कहानीमा बनेको फिल्म हो । ऐश्वर्या राय भने अहिले कुनै पनि फिल्ममा काम गरिरहेकी छैनन् ।एजेन्सी 

प्रतिकृया दिनुहोस

आयुष्मान् र प्रियंकाले अब विहेपछि मात्र नयाँ फिल्म साइन गर्ने

    २ माघ २०७५, काठमाडौँ : आयुष्मान र प्रियंका अहिलेका हटकेक कपल हुन् । उनीहरु एकपछि अर्को चलचित्र र म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यो

पिरतीको गाँउमा मग्न अमृत, करुणा र उत्सव (भिडियो)

माघ १ – यही माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘१०० कडा १०’ को दोस्रो गीत सार्वजनिक भएको छ । प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्रको

गायक भरत सिटौला ‘सलल’ लिएर(भिडियो)

सोमबार, ३० पुष, २०७५ काठमाडौं । गायक भरत सिटौलाको सलल’ बोलको गीत सार्वजनिक भएको छ ।युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र