प्रधानमन्त्री नै बिर्सिन्छन् संसदको लोगो लगाउन

पुस २७, २०७५

काठमाडौं–सासद्को लोगोको विशेष अर्थ हुन्छ, जोसुकैले चाहेर वा रहर गर्दैमा उक्त लोगो लगाउन पाउँदैनन्। तर लोगो लाउने हैसियत बनाएकाहरू यसको महत्व बुझ्दैनन्।प्रधानमन्त्री केपी शर्मा ओलीले समेत लोगो लगाउन ध्यान दिँदैनन् । उनले आइतबारको प्रतिनिधिसभाको बैठकमा १ घण्टा लामो सम्बोधन गरे । सार्वजनिक महत्वको विषयमा दिएको वक्तव्य दिँदा न त संसद्को लोगो थियो न त सरकारको नै। यो दिनमात्र होइन, प्रधानमन्त्री ओली प्रायजसो संसद् आउँदा लोगो लाएको भेटिँदैन।

कैलाली–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद रेशमलाल चौधरीले पुस १९ गते संसद्को लोगो लगाए। डिल्लीबजार सदरखोर जेलमा रहेका चौधरीलाई प्रहरीले कडा सुरक्षाबीच सिंहदरबार ल्याएको थियो। सभामुख कृष्णबहादुर महराले संसद्को लोगो लगाइदिएपछि चौधरीलाई पुनः डिल्लीबजार कारागार नै लगिएको थियो।

संसद्को र सरकारको लोगो अलग्गै छ। संसद्को भन्दा केही ठूलो छ सरकारको। मन्त्रीले सरकारको लोगो लगाउँछन्। संसद् भवन नयाँ बानेश्वर पस्दा सांसदको लोगो चेक हुन्छ अनिमात्र भित्र पस्न पाइन्छ। कुनै दिन लोगो नलगाई गएका सांसदले समेत गेटमा झन्झट बेहोर्नुपर्ने हुन्छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

प्रतिकृया दिनुहोस

सरकारको लक्ष्य समृद्धि र विकाश  मुख्यमन्त्री राई

उर्लाबारी, ५ माघ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनुभएको छ । मोरङको पथरी, शनिश्चरे

काङ्ग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने

चितवन, ५ माघ  नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप  सभापति देउवा

कास्की, ५ माघ  नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा