त्रिविको जग्गा मिचेर बाटैबाटो, पर्खाल भत्काउन सांसदनै सक्रिय

पुस २७, २०७५

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यालयको जग्गा अतिक्रमण गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने ।

यसको अभियन्ता थिए, नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसमेत गराउन चाहेका थिए । त्रिविले विरोध जनाएपछि सकेनन् । गोरेटो बाटोसमेत नभएको यो ठाउँमा अहिले ठूला गाडीचल्छन् ।

 विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारका लागि निर्माणाधीन भवनको पछाडिपट्टि जग्गा मिचेर बाटो बनाइएको हो । त्रिविको जग्गामा बाटो बनाएपछि व्यक्तिगत जग्गा चर्को मूल्य लिएर भाडामा लगाउन र व्यापारिक भवन बनाउन थालिएको छ । बाटो खोलेसँगै घरको कोठासमेत भत्काएर सटर राख्ने क्रम बढेको छ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 
 

प्रतिकृया दिनुहोस

गरीब जेहेनदार विद्यार्थीलाई पाँच लाख शैक्षिक ऋण दिने

भादगाउँ, ५ माघ  भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ । स्थायी बसोबास गर्ने गरीब,

सरकारी सुविधा लिनेको छोराछोरी सार्वजनिक स्कुलमै पढ्नुपर्ने

माघ ५, २०७५  काठमाडौं– सरकारी कोषबट तलब सुविधा लिनेका छोराछोरी अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा बढ्नुपर्ने व्यवस्था गर्न उच्चस्तरीय

नर्सिङ पढाइप्रति पुरुष आकर्षण कम, अधिकांश कलेजमा कोटा खाली  

माघ ४, २०७५ काठमाडौं ।  नर्सिङ पढ्ने पुरुषको संख्या निकै न्यून रहेको छ । पर्याप्त प्रचार र भर्नाको समयमा सूचना सार्वजनिक नहुँदा नर्सिङ पढ्ने