‘पहिलो नम्बरमा’ सर्वाधिक हेरिएको गीतको छैँठो नम्बरमा

 

 


ए टु जेड समाचार, पौष २७ – गत असोज २४ गते प्रदर्शन भएको चलचित्र ‘छक्का पन्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीत युट्युबमा सर्वाधिक हेरिएको गीतहरुको छैँठो नम्बरमा परेको छ । युट्युबमा अपलोड भएको करिब साँढे ५ महिनामा गीतले ३ करोड भन्दा धेरै भ्यु पाएको छ । यो सँगै उक्त गीतमा युट्युबमा सबै भन्दा धेरै भ्यु पाउने गीतहरुको छैँठो स्थानमा परेको हो ।

उक्त गीत दिपक दिपाले निर्माण गरेको चलचित्रको ३ करोड भन्दा धेरै भ्यु पाउने गीतको भने तेस्रो स्थानमा रहेको छ । यस अघी उक्त समुहले निर्माण गरेको ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खोइ’ बोलको गीतले ३ करोड ८९ लाख भन्दा धेरै भ्यु पाईसकेको छ भने ‘छक्का पन्जा’ को दोस्रो सिरिजको ‘पुर्व पश्चिम रेल’ बोलको गीतले ३ करोड ५८ लाख भन्दा धेरै भ्यु प्राप्त गरिसकेको छ ।

‘पहिलो नम्बरमा’ बोलको गीतले ३ करोड भन्दा धेरै ब्यु पाउदा १ लाख ६ हजार भन्दा धेरै लाईक र १५ हजारको हाराहारीमा डिस लाइक प्राप्त गरेको छ । डेभिड शंकर र बिन्दु परियारको आवाज रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा दिपक शर्माको संगीत रहेको छ । गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा दिपकराज गिरी, दिपिका प्रसाई, प्रियंका कार्की, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), बुद्दी तामाङ, संजोग कोइराला, बर्षा राउत, स्वस्तिमा खड्का लगायत फिचर्ड रहेका छन् । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दिपकराज गिरी, दिपिका प्रसाई, प्रियंका कार्की, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), निर शाह, शिवहरी पौडेल, किरण केसी, बुद्दी तामाङ, विल्सन बिक्रम राई, संजोग कोइराला लगायतको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

आयुष्मान् र प्रियंकाले अब विहेपछि मात्र नयाँ फिल्म साइन गर्ने

    २ माघ २०७५, काठमाडौँ : आयुष्मान र प्रियंका अहिलेका हटकेक कपल हुन् । उनीहरु एकपछि अर्को चलचित्र र म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यो

पिरतीको गाँउमा मग्न अमृत, करुणा र उत्सव (भिडियो)

माघ १ – यही माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘१०० कडा १०’ को दोस्रो गीत सार्वजनिक भएको छ । प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्रको

गायक भरत सिटौला ‘सलल’ लिएर(भिडियो)

सोमबार, ३० पुष, २०७५ काठमाडौं । गायक भरत सिटौलाको सलल’ बोलको गीत सार्वजनिक भएको छ ।युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र