गाउँपालिकाको विवाद सिंहदरबारसम्म

काठमाडौं २७ पुस । गाउँपािलका केन्द्र मिलाइदिन भन्दै जाजरकोटको एक गाउँपालिकाका जनप्रतिनिधि सिंहदरबार पुगेका छन् । निर्वाचित भएको डेढ वर्षसम्म पनि केन्द्रको विवाद मिलाउन नसकेपछि जुनीचाँदे गाउँपलिकाका जनप्रतिनिधि र दलका नेताहरु काठमाडौं पुगेका हुन् ।

आफूले भनेको ठाउँमा केन्द्र हुनुपर्ने भन्दै दुई खेमाम विभाजित जनप्रतिनिधि र दलका नेताहरु काठमाडौं गएर पनि विवाद गर्न थालेका छन् । जाजरकोटबाठ निर्वाचित सांसद तथा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको कार्यकक्षमा दुई तीन पटक बैठक गरे पनि सहमति हुन नसकेको कांग्रेस जाजरकोटका उपसभापति तथा स्थानीय सर्पराज रावतले बताए ।

काठमाडौंमा भएका जाजरकोटका सांसद दलका नेता र स्थानीय तहका जनप्रतिनिधिहरुले तीन दिनदेखि पहल गरे पनि केन्द्र विवाद मिल्न सकेको छैन । स्थानीय तह घोषणा गर्दा सरकारले जुनीचाँदे गाउँपािलकिाको केन्द्र सानाखोला तोकेको थियो ।

 

सरकारले सुरुमा तोकेकै ठाउँमा गाउँपालिका केन्द्र हुनुु पर्ने एक थरी जनप्रतिनिधिको माग छ भने गाउँसभाको बहुमतको आधारमा केन्द्र अर्को पक्षको माग रहेको छ । चुनाव सकिएको ६ महिनाभित्र गाउँपालिकाको केन्द्र तोकिए गाउँसभाको सामान्य बहुमतले निर्णय गर्न सकिने प्रावधान छ । अन्नपूर्णपोष्टबाट

प्रतिकृया दिनुहोस

सरकारको लक्ष्य समृद्धि र विकाश  मुख्यमन्त्री राई

उर्लाबारी, ५ माघ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनुभएको छ । मोरङको पथरी, शनिश्चरे

काङ्ग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने

चितवन, ५ माघ  नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप  सभापति देउवा

कास्की, ५ माघ  नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा