यहाँ पुरुषले गर्नैपर्छ दोस्रो विवाह, श्रीमतीले रोकटोक गरे जन्मकैद

पुस २४

 

 

हुन त राजा–महाराजाको जमानामा प्रत्येक राजाका दुई वा तीन रानी हुने गर्दथे । त्यतिबेला सबै राजा आफ्नो मर्जी अनुसार विवाह गर्दथे । सर्वसाधारणले पनि यदि दुईवटा विवाह गर्छन् भने आफ्नै मर्जीले गर्छन् तर अचम्मको कुरा के छ भने एउटा देश यस्तो पनि छ जहाँ पुरुष दुईवटा विवाहका लागि बाध्य छन् वा उनीहरुलाई यसका लागि बाध्य बनाइन्छ ।

अफ्रिकी देश इरिट्रियामा हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य छ । यदि कुनै पुरुषले दुईवटा श्रीमती नराखे उनीहरुविरुद्ध कडा कारवाही पनि हुनसक्छ जसअनुसार उनीहरु जेलसमेत जानुपर्ने हुन्छ ।

यस्तो अचम्मको कानून लागू गर्न कारण पनि छ । इरिट्रियामा महिलाको संख्याको तुलनामा पुरुषको संख्या सबैभन्दा कम छ । यसको मुख्य कारण सन् १९९८ देखि २००० को बीचमा इथियोपियामा भएको युद्धका कारण हो । उक्त युद्धमा एक लाख ५० हजार सैनिकको मृत्यु भएको थियो ।

इरिट्रियाको सरकारले दोस्रो विवाहको सम्पूर्ण खर्च व्यवहोर्ने सहमती पनि गरेको छ ।पुरुषले दुई विवाह गर्नुपर्ने कानूनका साथै महिलाका लागि पनि एउटा कडा कानून बनाइएको छ । उक्त कानून अनुसार यदि कुनै महिलाले आफ्नो श्रीमान्को दोस्रो विवाहमा कुनै रोकटोक वा समस्या पैदा  गर्ने कोसिस गरिन् भने उनलाई पनि जन्मकैदको सजाय हुन्छ ।एजेन्सी 

प्रतिकृया दिनुहोस

त्यो रुढिवादी अरब देश जसले ‘फिमेल भियग्रा’ को अनुमती दियो

  बीबीसी माघ ५, २०७५  इजिप्ट पहिलो अरब देश बनेको छ जसले महिलामा कामोत्तेजना बढाउने औषधीको उत्पादन र बिक्रिका लागि अनुमती दिएको छ ।  बीबीसी

अचम्मको विवाहः सेक्ससम्म साथ, त्यसपछि बाटो अलग

  चीनको युनान, सिचुआन प्रान्त र योंगनिंग शहरमा बस्छन् मोजो समुदाय । मोजो समुदाय मातृसत्तात्मक समुदाय हो । करिब ५६ हजार जनसंख्या भएको मोजो चीनको एक

किमले ट्रम्पलाई पठाएको त्यो चिठ्ठी, जसले दोस्रो वार्ताको आधार तयार गर्‍यो

माघ ५, २०७५ काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच फेरि भेट हुने भएको छ । उनीहरुबीचको दोस्रो भेट चाँडै