चितवन मालपोतका लेखा अघिकृत पौने दुई करोड हिनामिना गरेर बेपत्ता

चितवन, पुस २४- 

जिल्ला मालपोत कार्यालय चितवनका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख रुपैयाँ हिनामिना गरेर फरार भएका छन् ।मालपोत कार्यालय भरतपुरका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मंसिर २५ गतेदेखि नै सम्पर्कविहीन भएको जानकारी दिए । आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरूजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएका हुन् । गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैंले प्रयोग गरेका थिए ।

मालपोत कार्यालय भरतपुरमा दैनिक दुई करोड ५० लाख रकम राजश्व स्वरुप उठ्ने गर्दछ । मंसिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो । पाँच पटकसम्म पत्र काटेर पनि दर्जीले टेरेनन् । मंसिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टा भित्र नै रकम दाखिला गर्न पत्र दियो । तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानुनअनुसार जस्तोसुकै कारबाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख लालकृष्ण पौडेलले जानकारी दिए ।

दर्जी २५ गतेबाट फरार भए पनि त्यसको जानकारी विभागलाई समेत गराइसकिएको छ । दर्जीका सबैै बैंक खाता रोक्का गर्न लगाइएको छ । फोनमा सम्पर्क नभए पनि मालपोतका कर्मचारीहरु दर्जीको घरमा नै गएका थिए । दर्जीले सरकारी मोटरसाइकल र मोबाइल घरमा नै राखेर बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

मालपोतका लेखा अधिकृत हरिहर शर्मा तिवारीले दर्जीले डुबाएर गएको बताए । भरतपुर–१० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा स्टोरमा दर्जीको पनि साझेदारी रहेको खुलेको लेखा अधिकृत शर्माले बताए । जनताबाट आएको राजस्व रकम हिनामिना गरेर फरार भएपछि दर्जीको नाममा रहेको भरतपुर १० ‘ग’ को कित्ता नं ६२९ को १६ धुर जग्गा मालपोत ऐन २४ को दफा ७ बमोजिम रोक्का गरिएको छ । अख्तियारमा समेत आवश्यक कारर्वाहीका लागि लेखी पठाइएको छ ।

दर्जीको सम्पत्तिबारे थप अनुसन्धान भइरहेको कार्यालय प्रमुख शर्माले बताए । तर प्रहरीलाई भने अहिलेसम्म जानकारी गराइएको छैन । यसअघि गएको जेठमा मालपोत कार्यालयबाटै कार्यालय सहायक शंकरप्रसाद धिताल २५ हजार घूससहित रंगेहात पक्राउ परेका थिए । नारायणी अनलाईनबाट 

प्रतिकृया दिनुहोस

ईच्छाकामनामा बाँदरले सुन्तला सखाप पारेपछि किसान चिन्तित

    मुग्लिन, ५ माघ  चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् । “एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन्, आँखा

भरतपुर अस्पतालमा बिरामी कुरुवा घर बनाइने

भरतपुर, ५ माघ     चितवनको भरतपुर अस्पतालमा आउने बिरामी कुरुवाका लागि अलग्गै सुविधासम्पन्न भवन बन्ने भएको छ । अस्पतालको करीब पाँच कठ्ठा जग्गामा

मुग्लिन सडकखण्डमा दुर्घटना एकको मृत्यु

चितवन, ५ माघ  नारायणग–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ पानीट्याङ्की नजिक शुक्रबार राति ट्रक र मोटरसाइकल जुझ्दा मोटरसाइकल चालक