लायन्स क्लबका संस्थापक जोन्सको जन्मोत्सवको अवसरमा चितवनमा ‘राष्ट्रिय हाफ म्यारथन’ हुने

 

 लायन्स क्लबका फाउण्डर मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा चितवनमा राष्ट्रिय म्यारथन प्रतियोगिता हुने भएको छ । ‘मधुमेह सचेतनाका लागि दौड’ भन्ने नाराको साथ यही पौष २८ गते शनिबार लायन्स क्लब बागीश्वरीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको आज नारायणगढमा आयोजित पत्रकार सम्मेलन मार्फत जनाकारी गराईएको छ ।

२८ गते हुने प्रतियोगितामा २१ किलो मिटरको दौड हुने प्रतियोगिता संयोजक लायन हरि कृष्ण श्रेष्ठले बताए । म्यारथनका भरतपुर गेष्ट हाउस चौरबाट सुरु हुने श्रेष्ठले बताए । म्यारथन गेष्ट हाउस चौरबाट सुरु भई हाकिमचोक, पारसनगर, चोकबजार, नारायणपुर, प्रेमबस्ती हुँदै पुन गेष्ट हाउस चौरमै पुगी समापन हुने बताईएको छ । प्रतियोगितामा राष्ट्रिय स्तर देखी स्थानिय धावक गरी करिब ३ सय जनाको सभागीता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । यस्तै द्दितिय हुनेले २५ हजार, तृतियले १५ हजार, चौथोले ७ हजार तथा पाँचौले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने श्रेष्ठले जानकारी दिए ।यस्तै अन्य प्रतियोगीहरुलाई प्रोत्साहनका लागि २१ किलो मिटरको दुरी ९० मिनेट भित्र पुरा गर्ने सबै जनालाई नगद १-१ हजार रुपैया दिईने बताईएको छ ।

प्रतियोगितामा सहभागी हुने सबै धावकहरुको १ लाखको बिमा गरिने समेत श्रेष्ठले बताए । प्रतियोगितामा १८ बर्ष पुरा गरेको धावकहरुले सहभागीता जनाउन पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने धावकहरुले २७ गते शुक्रबार साझ ५ बजे सम्म नाम दर्ता गराईसक्नु पर्नेछ । धावकहरुको स्वास्थ्यलाई ध्यान राखी म्यारथन सुरु हुनु अघी सबै जनाको रक्तचाप परिक्षण गरिने आयोजकले बताएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ५ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रतिकृया दिनुहोस

उपाधि जित्न नेपाललाई १२२ रनको लक्ष्य

काठमाडाँै, ५ माघ थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न घरेलु टोली थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस

रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु हुँदै

बेझाड, २ माघ पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, २ माघ  थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल