रिजालचोकमा दुर्घटना हुँदा   दुईको मृत्यु

चितवन, २४ पुस

 भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्यु भएको हो । मृत्यु हुनेमा पैदलयात्री भरतपुर महानगरपालिका– १० का ४२ वर्षीय रमेशविक्रम थापा तथा मोटरसाइकल चालक पर्वत घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २८ वर्षीय युवराज थापा रहेका छन् । युवराजको भरतपुर अस्पतालमा तथा रमेशविक्रमको चितवन मेडिकल कलेजमा उपचार गर्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)

प्रतिकृया दिनुहोस

ईच्छाकामनामा बाँदरले सुन्तला सखाप पारेपछि किसान चिन्तित

    मुग्लिन, ५ माघ  चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् । “एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन्, आँखा

भरतपुर अस्पतालमा बिरामी कुरुवा घर बनाइने

भरतपुर, ५ माघ     चितवनको भरतपुर अस्पतालमा आउने बिरामी कुरुवाका लागि अलग्गै सुविधासम्पन्न भवन बन्ने भएको छ । अस्पतालको करीब पाँच कठ्ठा जग्गामा

मुग्लिन सडकखण्डमा दुर्घटना एकको मृत्यु

चितवन, ५ माघ  नारायणग–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ पानीट्याङ्की नजिक शुक्रबार राति ट्रक र मोटरसाइकल जुझ्दा मोटरसाइकल चालक