चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, २१ पुस

 पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र रिजाल रहेका छन् । वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ५०६० नंको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा४०प ९२०६ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका रिजालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।  (रासस)

प्रतिकृया दिनुहोस

ईच्छाकामनामा बाँदरले सुन्तला सखाप पारेपछि किसान चिन्तित

    मुग्लिन, ५ माघ  चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् । “एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन्, आँखा

भरतपुर अस्पतालमा बिरामी कुरुवा घर बनाइने

भरतपुर, ५ माघ     चितवनको भरतपुर अस्पतालमा आउने बिरामी कुरुवाका लागि अलग्गै सुविधासम्पन्न भवन बन्ने भएको छ । अस्पतालको करीब पाँच कठ्ठा जग्गामा

मुग्लिन सडकखण्डमा दुर्घटना एकको मृत्यु

चितवन, ५ माघ  नारायणग–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ पानीट्याङ्की नजिक शुक्रबार राति ट्रक र मोटरसाइकल जुझ्दा मोटरसाइकल चालक