सार्वजानिक सवारी साधनमा डष्टबिन अनिवार्य

सृजन घिमिरे 
मंसिर २० । चितवन ।
सार्वजानिक सवारीका साधनमा हुने फोहोर व्यवस्थापनका लागि राप्ती नगरपालिकाको लोथरमा विहिबार डष्टबिन वितरण गरिएको छ । सरसफाई अभियानमा सक्रिय वे ग्रुप र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा लोथर हुँदै चितवन भित्रिने र बाहिरिने यात्रु बसहरुमा १० वटा डष्टबिन वितरण गरिएको हो । अभियान अन्तर्गत चालक, सहचालक तथा यात्रुहरुलाई सवारी साधनबाट जथाभावी फोहोर नफ्याँक्न आग्रह गर्दै जानकारि मुलक स्टिकर समेत टाँसिएको थियो ।  
सो अवसरमा राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले सवारीका साधनका यात्रुहरुले सडकमा फोहोर फ्याँक्ने प्रवृती रहेको भन्दै आचरण सुधार गर्नुपर्नेमा जोड दिनुभयो । स्थानिय सरकारले आ आफ्ना क्षेत्रमा पर्ने राजमार्गको फोहोर व्यवस्थापनका लागि पहल गरिरहे पनि विभिन्न अवरोधका कारण सोचेजस्तो काम हुन नसकेको उहाँले बताउनुभयो । 
यात्रुहरुले राजमार्ग क्षेत्रहरुमा अत्याधिक मात्रामा फोहोर फ्याक्ने गरेको पाईए पछि वे ग्रुपले यो अभियान सञ्चालन गरेका अभियानता दीपक गौतमले बताउनु भयो । पहिलो चरण अनर्तगत चितवनमा बिगत २ साता देखि जिल्लाबाट चल्ने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा फोहोर व्यवस्थापनका लागि अनिवार्य डष्टबिन राख्न आग्रह गरिएको जिल्ला ट्राफिक कार्यलय चितवनका प्रमुख बेद गौतमले जानकारी दिनु भयो । 
सार्वजनीक सवारीका यात्रुुहरुले फाल्ने गरेको फोहोरका कारण वातावरणमा नकारात्मक असर परेको भन्दै गौतमले हरेक सवारी साधनमा डष्टबिन अनिवार्य गरिएको बताउनुभयो । पहिलो चरणमा सवारी चालक तथा सहचालकहरुलाई आग्रह गर्ने र त्यसपछि पनि डष्टबिन नराखेको पाईए कारवाही गरिने उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले बस ब्यबसायी समितीलाई प्रत्येक बसमा डस्टविनको प्रयोग गर्न आग्रह गर्दै पत्र समेत पठाएको गौतमले बताउनु भयो । 
 

प्रतिकृया दिनुहोस

पञ्जीकरण नहुने सवारी पुस १ देखि सडकमा गुड्न नपाउने

काठमाडौँ, २३ मङ्सिर  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने

‘विपत् जोखिम रोक्न सबैको दायित्व’

दमक, २३ मङ्सिर प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विपत् जोखिम नियन्त्रण गर्न सबैको दायित्व भएको औंल्याउनुभएको छ । यहाँ

 खानीडाँडा

    कैलालीको चुरे गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र खानीडाँडा । यो क्षेत्रमा जाडो र गर्मीयाममा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गर्छ ।