एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शन

काठमाडौँ, १९ मङ्सिर

 बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म दुर्लभ एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शनीमा राखिएको छ । बहुमूल्य यी सामग्री प्रत्येक वर्ष बालाचतुर्दशीका अवसरमा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन ढुकुटीबाट निकाल्दा र मार्गशीर्ष कृष्ण औँसीका दिन थन्क्याउँदा सर्वसाधारणलाई दर्शन दिने गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । हजारौं भक्तजन आज बिहान पशुपतिमा एकमुखे रुद्राक्ष र नागमणि हेर्न उपस्थित भएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । 

औँसीका दिन शुक्रबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म पुनः प्रदर्शन गरिने उहाँले सुनाउनुभयो । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप दान गर्ने भक्तजनको भीड बढ्न थालेको छ । यसवर्ष भक्तजनका लागि त्रिपालको व्यवस्था गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा सुरक्षालगायत सबै तयारी पूरा भएको छ ।  (रासस)

प्रतिकृया दिनुहोस

पञ्जीकरण नहुने सवारी पुस १ देखि सडकमा गुड्न नपाउने

काठमाडौँ, २३ मङ्सिर  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने

‘विपत् जोखिम रोक्न सबैको दायित्व’

दमक, २३ मङ्सिर प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विपत् जोखिम नियन्त्रण गर्न सबैको दायित्व भएको औंल्याउनुभएको छ । यहाँ

 खानीडाँडा

    कैलालीको चुरे गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र खानीडाँडा । यो क्षेत्रमा जाडो र गर्मीयाममा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गर्छ ।