राउतबेँसी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा

बेत्रावती, १९ मङ्सिर

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ स्थित राउतबेँसी स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यको समन्वयमा जर्मन सहयोग नियोग (जिआइजेड)ले प्रयोगशाला सेवा सञ्चालनमा ल्याउन सहयोग पु¥याएको हो । 

जिल्लाको विकट बस्तीमा पर्ने चौकीमा सुरु भएको प्रयोगशालामा कलेजो, मिर्गौला, रक्तचाप, थाइराइड, दिसापिसाब, खकार, रगत लगायतको परीक्षण गर्ने गरिन्छ । प्रयोगशाला सञ्चालनमा आएपछि बिरामीलाई प्रत्यक्ष फाइदा पुग्ने वडा नं ३ का अध्यक्ष धु्रवकर केसीले जानकारी दिनुभयो । 

स्वास्थ्य चौकीमा जिल्लाकै उत्कृष्ट सेवा प्रदान गर्नसक्ने गरी गाँउपालिकाले प्रसूति सेवा पनि यसै वर्षदेखि सञ्चालनमा ल्याएको छ । गाउँपलिकाका अन्य छवटा वडाहरुमा पनि दक्ष जनशक्ति, आधुनिक उपकरण र सुविधासम्पन्न भौतिक संरचना विस्तार गरी सर्वसुलभ उपचार सेवा प्रवाह गर्ने लक्ष्य राखिएको गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो ।  (रासस)

प्रतिकृया दिनुहोस

जानौँ मानव मस्तिष्कबारे रोचक तथ्य

शनिबार, २२ मङि्सर   मस्तिष्क मानव शरीरको सबैभन्दा महत्पूर्ण अंग हो । सोच्ने शक्ति प्रदान गर्ने, नयाँ कुरा सिकाउने आदि काम मस्तिष्कले गर्छ । आफूसँग

समयमै सुतेर सबेरै उठ्दा क्यान्सरको जोखिम कम

मंसिर २२, २०७५ एक अध्ययनअनुसार रातभर काम गर्नु तथा बिहान अबेरसम्म सुत्नुभन्दा समयमै सुतेर सबेरै उठ्दा क्यान्सरको जोखिम कम हुन्छ ।बेलायतमा गरिएको

पाल्पामा एक लाख एघार हजारले स्वास्थ्य बीमा गराए

बेझाड, २१ मङ्सिर  पाल्पा जिल्लामा अहिले स्वास्थ्य बीमा गर्नेको उत्साह बढ्दो छ । सामाजिक सुरक्षा विकास समितिले २०७३ देखि शुरुआत गरेको स्वास्थ्य