अपाङ्गता भएका बालबालिकालाई वर्षैभरि निःशुल्क दूध

भद्रपुर, १९ मङ्सिर

 झापाको मेचीनगरमा रहेको एनएमसी डेरी उद्योगले स्थानीय पुनःस्थापना गृहमा आश्रित ३० जना शारीरिकरूपमा अशक्त बालबालिकालाई निःशुल्क दूध दिन थालेको छ । समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति मेचीनगरद्वारा सञ्चालित सो पुनःस्थापना गृहमा शारीरिक अशक्त बालबालिकासहित ३० जनालाई आवास र पठनपाठनको व्यवस्था छ । 

डेरी उद्योगका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्व अन्तर्गत डेरीले एक वर्षसम्म दूध उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो । प्रतिव्यक्ति दुई सय मिलिलिटरका दरले दैनिक ६ लिटर प्रशोधित दूध उनीहरूका लागि दिने गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । 

समितिका अध्यक्ष धर्मराज घिमिरेले दाताको सहयोगमा शारीरिक अशक्त बालबालिकाको भरणपोषण र शिक्षादीक्षा चलिरहेको बताउँदै मेचीनगर–१० धुलाबारीका सदीक्षा सुवेदी अधिकारी र भक्तिप्रसाद अधिकारीले ३० थान ज्याकेट दिएको समेत जानकारी दिनुभयो । (रासस)

प्रतिकृया दिनुहोस

पञ्जीकरण नहुने सवारी पुस १ देखि सडकमा गुड्न नपाउने

काठमाडौँ, २३ मङ्सिर  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने

‘विपत् जोखिम रोक्न सबैको दायित्व’

दमक, २३ मङ्सिर प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विपत् जोखिम नियन्त्रण गर्न सबैको दायित्व भएको औंल्याउनुभएको छ । यहाँ

 खानीडाँडा

    कैलालीको चुरे गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र खानीडाँडा । यो क्षेत्रमा जाडो र गर्मीयाममा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गर्छ ।