खशोग्गीको ह्वाट्सएप सन्देशबाट खुल्ला हत्याको रहस्य ?

मंसिर १८, २०७५

काठमाडौं

साउदी पत्रकार जमाल खशोग्गीले अक्टोबरमा हत्या हुनुअघि आफ्ना एक निर्वासित साउदी मित्रलाई ४०० भन्दा बढी ह्वाट्सएप सन्देश पठाएको पाइएको छ । उनले सन्देशमा साउदी युवराज मोहम्मद बिन सलमानलाई क्रूर र प्याकम्यान नाम दिएका छन् । युवराजले आफ्नो बाटोमा आइलाग्ने सबैलाई बर्बाद गरिदिने र समर्थकलाई समेत नछोड्ने उनले सन्देशमा लेखेका थिए । प्याकम्याननामक जापानी भिडियो खेलमा एउटा इमोजीले प्याकडट खाँदै अघि बढ्छन् । सीएनएनले सोमवार प्रकाशन गरेको रिपोर्टमा खशोग्गीले क्यानडाको मोन्ट्रीयलमा बस्ने साथी उमर अब्दुल अजीजलाई सन्देश पठाएको उल्लेख गरेको छ । 

अब्दुल अजीजले शेयर गरेको सन्देशमा आवाज रेकर्डिङ, तस्वीर र भिडियो संलग्न छन् । अनि उनले एउटा यस्तो चित्र पनि पनि शेयर गरेका छन् जसले युवराजको खराब आचरणका लागि गम्भीर संकट आएको देखाउँछ । 

खशोग्गीले मे महिनामा पठाएको सन्देशमा लेखे, ‘उनी आफूले चाहे जति मानिसलाई नोक्सानी गर्छन् ।’खशोग्गीले यो सन्देश साउदी कार्यकर्ताहरूको एक समूहलाई घेराबन्दी गरिएपछि पठाएका थिए । उनले भने, ‘उनले यसरी गरेको दमन आफ्नै कार्यकर्तामाथि पनि गरेमा म आश्चर्यचकित हुन्नँ ।’

अक्टोबर २०१७ र अगस्ट २०१८ का बीच लगभग दिनदिनै खशोग्गी र अब्दुल अजीजबीच संवाद भएको थियो । उनीहरूले साउदी युवकहरूले घर फर्काउनका लागि एक विद्युतीय सेना गठन गर्न र सामाजिक सञ्जालमा युवराजकोछवि ध्वस्त पार्ने योजना बनाएका थिए । 

अब्दुल अजीजले आइतवार सीएनएनसँगको भेटघाटमा भने, ‘जमालले युवराज सलमान एक समस्याका रूपमा रहेको र उनलाई रोक्नुपर्ने बताएका थिए ।’अगस्ट महिनामा उनीहरूको कुराकानीको भनक साउदी अधिकारीहरूले पत्ता लगाएको थाहा पाएपछि खशोग्गीले लेखे, ‘भगवान्, हाम्रो सहायता गर्नुस् ।’
त्यसको दुई महिनापछि उनको मृत्यु भयो । 

एजेन्सी

प्रतिकृया दिनुहोस

फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कियो, १ हजार प्रदर्शनकारी नियन्त्रणमा

काठमाडौं । फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएको छ ।राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा

जोन केलीले यही वर्षको अन्त्यसम्ममा राजीनामा दिन्छन्: डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले यही वर्षको अन्त्यसम्ममा पदबाट राजीनामा दिने बताएका छन्

काश्मिरमा बस दुर्घटना, १३ जनाको मृत्यु

मंसिर २३, २०७५ श्रीनगर-भारत प्रशासीत काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा शनिबार १३ जनाको मृत्यु भएको छ । बाटोबाट झण्डै ७० मिटर तल खसेर बस