खेलमैदान निर्माण शुरु

बैतडी, १६ मङ्सिर

 बैतडीको दोगडाकेदार गाउँपालिकामा रु एक करोडमा पालिकास्तरीय खेलमैदान निर्माणकार्य शुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको रु १५ लाख बजेटमा खेलमैदान निर्माणकार्य अघि बढाइएको हो । दोगडाकेदार गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकको सिमाना लवलेक (लडालेक)मा खेलमैदान निर्माणकार्य भइरहेको छ । २०० मिटर चौडाइ र ४०० मिटर लम्बाइ हुने उक्त खेलमैदानका लागि थप आवश्यक पर्ने बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । सुविधासम्पन्न खेलमैदानलाई गाउँपालिकाले क्रमागत योजनामा राखेको आगामी वर्ष पनि उक्त मैदान निर्माणका लागि बजेट छुट्याइने उहाँले बताउनुभयो । 

उक्त खेलमैदान निर्माणका लागि प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लीलाधर भट्टले सहयोग गर्ने आश्वासन दिनुभएको छ । सुविधासम्पन्न उक्त खेलमैदान रु एक करोडको लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष कार्कीले भन्नुभयो, “स्टेडियम नै बनाउने गरी निर्माणकार्य अघि बढाइएको छ ।” 

युवालाई खेलप्रति आकर्षित गराउन दोगडाकेदार गाउँपालिकाले एक वडा एक खेलमैदानको अवधारणा अघि बढाएर काम शुरु गरेको छ । यसअघि गाउँपालिकाका वडा नं ७ मा चनैराज खेलमैदान, वडा नं ५ मा धनथला खेलमैदान र वडा नं ८ मा कटौजपानी खेलमैदान निर्माण गरिएको छ । (रासस)

प्रतिकृया दिनुहोस

थ्रीस्टार शीर्ष स्थानमा उक्लियो, च्यासलले फ्रेन्ड्सलाई हरायो

काठमाडौं, मंसिर २३ । जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । दुई

इपिएल क्रिकेट : ललितपुरले चितवनलाई हरायो

काठमाडौँ २३ मङ्सिर  एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन

खेलाडीले स्वाभिमानको जीवन बिताउन पाउने

बनेपा, मङ्सिर १६  राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेल जीवनपछि पनि खेलाडीले स्वाभिमानको जीवन बिताउने बताउनुभएको छ । प्रथम