काठमाडौंका ८० प्रतिशत शिक्षक हाजिर गर्दै, टाप ठोक्दै !

मंसिर १५

काठमाडौं – सरकारी कर्मचारीबीच बोलीचालीमा एउटा शब्द प्रचलित छ– हाटा । हाटा अर्थात् हाजिर गर्दै, टाप ठोक्दै । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।बोलीचालीमा मात्रै होइन, व्यवहारमा समेत कर्मचारीले हाटा गर्छन् । काठमाडौं महानगरमा त ८० प्रतिशत शिक्षक हाटा पाइएका छन् ।

महानगरको शिक्षा विभागले गरेको अनुगमनमा सामुदायिक विद्यालयका अधिकांश शिक्षक कक्षामै अनुपस्थित भेटिए । महानगरभित्रका केही सामुदायिक विद्यालयमा हाजिर गरे पनि विद्यार्थी नपढाएको भेटिएको हो । विभागले गरेको छड्के अनुगमनमा शिक्षकहरू विद्यालयमा हाजिर हुने प्रवृत्ति अत्यन्त न्यून रहेको, हाजिर भए पनि विद्यालयमा नभएको तथा विद्यालयमा हुँदा समेत पूरा समय कक्षामा नबसेको पाइयो ।

शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार अनुगमन गरिएका विद्यालयमध्ये केहीमा ८० प्रतिशतसम्म शिक्षक अनुपस्थित भेटिए । विभागले आधा दर्जनभन्दा बढी स्कुलमा अनुगमन गरेको थियो । ती विद्यालयमा २३ जना शिक्षक अनुपस्थित भेटिए । अनुगमन गरिएका विद्यालयको नाम भने खुलाइएको छैन ।

प्रतिकृया दिनुहोस

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम

मंसिर २३ काठमाडौँ — स्थानीय तहहरूले सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यममा अध्यापन गराउने निर्णय गर्न थालेका छन् । यो समाचार आजको कान्तिपुर

अब काठमाडौंका स्कुलमा एउटै पोसाक

  मंसिर २१, २०७५ काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । ‘महानगरीय शिक्षा

त्रिविमा १३ करोड अनियमितता !

काठमाडौं २१ मंसिर । काठमाडौँ – त्रिभुवन विश्वविद्यालयअन्र्तगत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको