नेपाल आइडलबाट रुँदै-रूवाउँदै बाहिरिए पवन गिरी

 

काठमाडौं १५ मंसिर । शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए।
उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका छन् विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठकलाई संगीतको यो महासंग्राम जित्ने हतारो छ।

नेपाल आइडलबाट रुँदै-रूवाउँदै बाहिरिए पवन गिरीनेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि उनका आँसु थामिएनन्। उनले नेपाल आइडलले आफ्नो सांगीतिक तिर्खा मेट्न सहयोग गरेकोमा आभार व्यक्त गरे। साथै आउने दिनमा नेपाल आइडलले दिएको इज्जत, मान र सम्मान कायम राख्दै गीत, संगीतमा अघि बढ्ने वाचासमेत गरे।

उनी नेपाल आइडल सिजन १ मा पनि सहभागी थिए। पहिलो सिजनमा छनोट नभएपछि केही समय उनी निकै निराश भएका थिए। घर नजिकै चर्च थियो। उनको दिक्दारी हटाउन एकदिन एउटा साथीले उनलाई चर्चमा लगे। त्यहाँ संगीतका सबै साधन थियो, हरेक दिन संगीतको कार्यक्रम हुन्थ्यो। उनी हरेक दिन त्यहाँ संगीतको तिर्खा मेट्न थाले। गीत गुनगुनाउन थाले। केही समयमा नै उनमा अब्बल गीत गाउन सक्ने क्षमता विकास भयो। यही कारण नेपाल आइडल सिजन—२ मा उनी सुरुदेखि नै राम्रो गाउने गायकको रूपमा दरिएका थिए।

कार्यक्रम फाइनल राउन्डको नजिक पुग्दा नेपाल आइडलको चर्चा चुलिँदै गएको छ। विश्वमै सबैभन्दा बढी हेरिने कार्यक्रमको दोस्रो नम्बर पर्न सफल भएको छ, नेपाल आइडल। ‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन–२ गत साउन २४ देखि सुरु भएको हो।

यो हप्ता सुमित पाठक र अमित बराल बटम थ्रीमा परे । रवि ओडले यो हप्ता सबैभन्दा बढी भोट पाए । अन्नपूर्णपोष्टबाट

प्रतिकृया दिनुहोस

सुगम, स्वप्न र लाउरेले गाउँदा नाचे स्वस्तिमा र बिनु नाचे

    काठमाडौँ, २३ मङ्सिर –नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको

शृङ्खला अन्तिम १२ बाट बाहिरिइन् : मिस वर्ल्डको उपाधि

काठमाडौं २३ मंसिर । मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन्। २०१८ को मिस वर्ल्डको ताज भने मेक्सिकोकी सुन्दरी भेनेसा

चलचित्र ‘मालिका’ धनकुटा, रामेछाप र हेटौंडामा बिशेष प्रदर्शन

काठमाडौं, २२ मंसिर । लोकप्रिय नायिका रेखा थापाद्धारा निर्देसित नेपाली कथानक चलचित्र मालिका धनकुटा, रामेछाप र हेटौंडामा बिशेष प्रदर्शन गरिएको छ ।