रिभर प्लेट र बोका जुनियर्सबीचको स्थगित खेल मड्रिडमा खेलाइने

news

काठमाडौं, मंसिर १४ । अर्जेन्टिनी फुटबल क्लबहरु रिभर प्लेट र बोका जुनियर्सबीच अघिल्लो साता स्थगित खेल स्पेनको राजधानी मड्रिडमा हुने भएको छ ।

दक्षिण अमेरिकी क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा लिबरटोडोरेसको फाइनलमा पुगेका दुई अर्जेन्टिनी प्रतिद्वन्द्वीबीचको खेल सुरक्षाका कारण दुई पटक स्थगित गरिएको थियो । सोही खेल अब स्पेनिस क्लब रियाल मड्रिडको मैदानमा खेलाइने भएको हो ।

अर्जेन्टिनी फुटबलका सबैभन्दा ठूला दुई शत्रु क्लबहरु रिभर प्लेट र बोका जुनियर्सबीच गत शनिबार रिभर प्लेटको मैदानमा दोस्रो लेगको खेल हुने तालिका थियो । तर बोका जुनियर्सका खेलाडी चढेको बस रंगशालातर्फ जाँदै गर्दा रिभर प्लेटका समर्थकहरुले आक्रमण गरेपछि खेल स्थगित गरिएको हो ।

यसपछि बोका जुनिसर्यले उक्त मैदानमा खेल्न आफुहरु सुरक्षित नभएको उजुरी दिएपछि आयोजकले खेल मड्रिडमा सारेको हो । दोस्रो लेगको खेल आगामी डिसेम्बर ९ तारिख आइतबार हुनेछ ।

यसअघि बोका जुनियर्सको मैदानमा भएको पहिलो लेगको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । प्रतियोगिताको ५८ वर्षे ईतिहासमा यी दुई टोलीहरु उपाधिका लागि भिड्न लागेको यो पहिलो अवसर हो ।बोका जुनियर्स र रिभर प्लेट अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका दुई छिमेकी क्लबहरु हुन् । यी दुई क्लबहरुको रंगशालाको दुरी १५ किलोमिटर मात्रै छ ।

प्रतिकृया दिनुहोस

थ्रीस्टार शीर्ष स्थानमा उक्लियो, च्यासलले फ्रेन्ड्सलाई हरायो

काठमाडौं, मंसिर २३ । जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । दुई

इपिएल क्रिकेट : ललितपुरले चितवनलाई हरायो

काठमाडौँ २३ मङ्सिर  एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन

खेलाडीले स्वाभिमानको जीवन बिताउन पाउने

बनेपा, मङ्सिर १६  राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेल जीवनपछि पनि खेलाडीले स्वाभिमानको जीवन बिताउने बताउनुभएको छ । प्रथम