सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सुजलको साथ

पोखरा, १४ मङ्सिर

 भूतपूर्व खेलाडीमञ्च नेपालले सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितालाई सुजल डेरीले साथ दिने भएका छन् । प्रतियोगिता सम्बन्धमा जानकारी दिने उद्देश्यका साथ आज यहाँ आयोजित पत्रकार सम्मेलानमा आगामी तीन वर्षसम्म म्याराथनको सञ्चालनका लागि मञ्च र डेरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा सुजल डेरीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले खेलकूदको माध्यमबाट पोखरा चिनाउनका लागि म्याराथनलाई डेरीले साथ दिने भएको बताउनुभयो । 

भूतपूर्व खेलाडीमञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले म्याराथनबाट विश्वका धेरै मुलुक आप्mनो पहिचान बनाउन सफल भएको उल्लेख गर्दै यस प्रतियोगिताले पोखराको गरीमा र महत्व बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले खेलकूदको विकासमा निजी तथा व्यावसायिक क्षेत्रको सहयोग अपरिहार्य हुने बताउँदै यसका लागि महानगरपालिका पनि साझेदारी गर्न तयार रहेको बताउनुभयो । यस वर्षको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ७ गते हुने आयोजकले जनाएको छ । (रासस)

प्रतिकृया दिनुहोस

थ्रीस्टार शीर्ष स्थानमा उक्लियो, च्यासलले फ्रेन्ड्सलाई हरायो

काठमाडौं, मंसिर २३ । जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । दुई

इपिएल क्रिकेट : ललितपुरले चितवनलाई हरायो

काठमाडौँ २३ मङ्सिर  एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन

खेलाडीले स्वाभिमानको जीवन बिताउन पाउने

बनेपा, मङ्सिर १६  राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेल जीवनपछि पनि खेलाडीले स्वाभिमानको जीवन बिताउने बताउनुभएको छ । प्रथम