एपिएफलाई लगातार चौथो पटक उपाधि

काठमाडौँ, १२ मङ्सिर

 सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठाँै अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । योसँगै सशस्त्र लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो । एपिएफले तेस्रो, चौथो, पाँचौ र छैटौँ संस्कारमा उपाधि जितेको थियो । 

निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट आउटमा एपिएफले बाजी मार्यो । पेनाल्टीमा एपिएफका साबित्रा भण्डारी, रेनुका नगरकोटी, अनु लामा र अनिता बस्नेतले गोल गरे । 

यस्तै आर्मीका अञ्जना राना मगर र निशा बोहराले गोल गरिन् । तर, कृष्णा खत्री, अञ्जली सुब्बा र इन्दिरा राईले गोल गर्न नसक्दा आर्मी उपाधिबाट बञ्चित भएको हो । यसअघि खेलमा १९ औँ मिनेटमा अनिताले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाएकी थिइन् । 

दोस्रो हाफमा आर्मी खेलमा फर्कदै बराबरी गर्न सफल भयो । खेलको ६३ औँ मिनेटमा विमला चौधरीले गोल गरेपछि आर्मीले खेल १–१ को बराबरी बनाएको थियो । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा पुग्यो । 

उपाधिसँगै एपिएफले रु तीन लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले रु एक लाख ५० हजार प्राप्त ग¥यो । सेमिफाइनलमा पुगेका पुलिस र प्रदेश नम्बर २ ले रु ५०÷५० हजार पुरस्कार पाएका छन् । 

प्रतियोगितामा आर्मीकी पुनम जर्गा मगरले सर्वोकृष्ट खेलाडी घोषित हुँदै एकथान स्कुटर प्राप्त गरिन् । उत्कृष्ट फरवार्ड एपिएफकी सावित्रा भण्डारी, मिडफिल्डरमा आर्मीकी विमला चौधरी, डिफेन्डरमा आर्मीकी सुमित्र चौधरी, गोलकिपरमा एपिएफकी एञ्जिला सुब्बा र उत्कृष्ट प्रशिक्षक एपिएफका जनक सिंह घोषित हुँदै जनही रु पाँच हजार प्राप्त गरे । 

विजेता तथा उपविजेता टोलीलाई प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रिय खेलकुद पिरिषद्को उपाध्यक्ष पिताम्बर तिमिल्सिना लगायतले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो । यही मङ्सिर ५ गतेदेखि प्रतियोगितामा तीन विभागटी टोली, सात प्रदेश तथा भारतको सिक्किम र विहारबाट दुई टोली गरी १२ टोलीको सहभागिता थियो ।  (रासस)

प्रतिकृया दिनुहोस

थ्रीस्टार शीर्ष स्थानमा उक्लियो, च्यासलले फ्रेन्ड्सलाई हरायो

काठमाडौं, मंसिर २३ । जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । दुई

इपिएल क्रिकेट : ललितपुरले चितवनलाई हरायो

काठमाडौँ २३ मङ्सिर  एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन

खेलाडीले स्वाभिमानको जीवन बिताउन पाउने

बनेपा, मङ्सिर १६  राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेल जीवनपछि पनि खेलाडीले स्वाभिमानको जीवन बिताउने बताउनुभएको छ । प्रथम